प्रधानमन्त्रीले कारबाही गरे, मुख्यमन्त्रीले मन्त्री बनाइदिए - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

प्रधानमन्त्रीले कारबाही गरे, मुख्यमन्त्रीले मन्त्री बनाइदिए



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ओली पक्षले कारबाही गरेका कर्णालीका तीनै जना सांसदलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री पद उपहार दिएका छन् । मुख्यमन्त्री शाहीले विश्वासको मत लिएपछि नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई विभिन्न मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

नन्दसिं बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् भने भौतिक पूर्वाधार विकास मन्त्रीमा अमरबहादुर थापा नियुक्त भएका छन्। यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाहीलाई जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ।

नवनियुक्त तीनै जना मन्त्रीहरूलाई एमाले कर्णाली प्रदेशले पार्टीको सदस्यसमेत नरहने गरी शनिबार मात्रै कारबाही गरेको थियो। यसअघि शुक्रबार मुख्यमन्त्री शाहीले प्रदेशसभाबाट विश्वासको मत लिएका थिए।

एमालेको ह्विपविपरीत मुख्यमन्त्री शाहीको पक्षमा उनीहरूले विश्वासको मत दिएपछि शाही सरकारले निरन्तरता पाएको हो।