आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं- नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पछिल्लो समय निगमले लगातार मूल्य बढाइरहेको छ । यसको चौताफ्री विरोध भैरहेको छ ।

यसअघि निगमले बैशाख ४ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगमले चैत ३ गते, फागुन १७ गते, फागुन ४ तथा माघ ६ र २८ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँले बृद्धि गरेको छ।

नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १२१ र डिजेल तथा मट्टितेलको १०४ रुपैयाँ पुगेको छ।निगमले आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर बृद्धि गरी ७६ रुपैयाँ प्रतिलिटर पुयाएको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाललाई यथावत राखिएको निगमले बताएको छ।