सभामुख अराजक भए, यो संसदले निकास दिन सक्दैन: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

सभामुख अराजक भए, यो संसदले निकास दिन सक्दैन: प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखविरुद्ध आक्रोश पोखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा ओलीले संसदमा सभामुख अग्नि सापकोटाले अराजक र अनैतिक खाले काम गरेको आरोप लगाएका छन् ।

सभामुखले कामै गर्न नदिएको भन्दै ओलीले चर्को आक्रोश पोखेका थिए । सभामुखले काम गर्न नदिएको भन्दै वर्तमान संसदले राजनीतिक निकास नदिने प्रधानमन्त्रीले बताएका थिए ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता बालकृष्ण खाँड, विमलेन्द्र नीधि तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीलगायत नेता सहभागी छन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने सहभागी छैनन् ।