सुवास नेम्वाङ र प्रदीप ज्ञवालीमाथि नैतिकताको प्रश्न - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

सुवास नेम्वाङ र प्रदीप ज्ञवालीमाथि नैतिकताको प्रश्न



काठमाडौं- राजनीतिक विश्लेषक हरि रोकाले प्रधानमन्त्री ओलीनिकट रहेका नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रवक्ता प्रदीप ज्ञवालीमाथि नैतिकताको प्रश्न उठाएका छन् ।

कर्णालीमा भएको राजनीतिक घट्नाबारे नेम्वाङ र ज्ञवालीले कर्णालीमा फ्लोर क्रस गरेका सांसदको कदमलाई अराजनीतिक, अनैतिक,गलत र अराजकताको संज्ञा दिएपछि उनले नैतिकताको प्रश्न गरेका हुन् ।

कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शुक्रबार विश्वासको मत लिएका थिए । उनलाई नेकपा (एमाले) का चार सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गर्दै विश्वासको मत दिएका थिए । योसँगै माओवादी केन्द्रको नेतृत्वमा रहेको मुख्यमन्त्री शाहीको सरकार जोगिएको छ । नेताद्धय नेम्वाङ र ज्ञवालीको प्रतिक्रियालाई लिएर विश्लेषक रोकाले कडा आलोचना गरेका समेत गरेका छन् ।

रोकाले फागुन ११ गते संसद विघटनलाई सर्वोच्च अदालतले संविधानविपरित भएको फैसला गरेपछि नेताद्धय नेम्वाङ र ज्ञवालीले नैतिकता गुमाएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिएको र उनका मन्त्रीहरुले पनि राजीनामा दिएर विकल्पका लागि बाटो खुला गरिदिएको भए आज त्यो नौवत आउने थिएन भन्ने दाबी गरेका छन् ।

‘सुवासचन्द्र नेम्वाङ र प्रदीप ज्ञवालीले कर्णाली घटनालाइ अराजनीतिक, अनैतिक,गलत र अराजकताको संज्ञा दिएछन । र फ्लोर क्रस गर्नेलाइ हद सम्मको कार्यवाही हुने संकेत गरेछन। तर फागुन ११ मा संसद विघटनलाई सर्वोच्चले संविधान विपरित भएको फैसला गरे पछि, प्नधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनु पर्छ, आफू पनि अनैतिक भएर मन्त्री खान हुन्न भन्दै त्यागपत्र दिएर विकल्पका लागि बातो खुला गरिदिएको भए आज त्यो नौवत आउने थिएन,’ उनले भनेका छन् ।

त्यस्तै उनले फागुन २३ गते सर्वोच्चले नेकपा एकता भंग गरेपछि पार्टीका नेताहरूलाई निर्णय प्रक्रियामा सामेल नगरेकाले पनि यो दिन आएको बताएका छन् । उनले पहिले ताप्केमा भुट्ने र उफ्रंदा भुंग्रोमा घचेट्ने प्रवृतिले माधव खानला समुहले यस्तो काम चाल्न बाध्य भएको समेत बताएका छन् ।

उनले अगाडी भनेका छन्, ‘पहिला ताप्केमा भुट्ने उफ्रदा भुङ्ग्रोमा घचेट्र्र्ने, के गरून खनाल माधव पक्षधरले ? आफु भुंग्रोमा परेर सकिने नै भएपछि ओली लगाएत तानाशाही सत्तारूढलाइ पनि भुंग्रोमा किन नतान्ने ? ओलीलाइ राजा बनाएर अरू सँधै गंगे तेली भइरहन किन रोज्छ ? त्यो पनि विचारहिन, संस्कारहिन, कार्यक्रम विहिन भष्ट्र राजनीतिमा ?”