यस्तो छ यस वर्ष 'सर्वोत्कृष्ट फोटो अवार्ड' जितेको फोटो - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

यस्तो छ यस वर्ष ‘सर्वोत्कृष्ट फोटो अवार्ड’ जितेको फोटो



काठमाडौं- यो वर्षको सर्वोत्कृष्ट फोटो कोभिड-१९ सँग सम्बन्धित फोटो बनेको छ । ब्राजिलको यो फोटो वर्ल्ड प्रेस फोटो अवार्डमा फोटो अफ दि इयर घोषणा भएको छ।

कोभिडका कारण ब्राजिलका केयर होमहरुले आगन्तुकहरुलाई प्रवेश निषेध गरेको अवस्थामा फोटोमा ८५ वर्षीया एक वृद्धालाई नर्सले अङ्गालो हालेकी छिन्।

‘सर्वोत्कृष्ट फोटो अवार्ड’ जितेको फोटो

उनले पाँच महिनामा पहिलो पटक उनले कसैको अङ्गालो पाएकी थिइन्। सबैलाई निषेध गरिएको अवस्थामा केयर सेन्टरमा काम गर्नेहरुलाई अङ्गालो हाल्न भनिएको थियो।

ब्राजिलको यो फोटो हेर्दा हृदयबिदारक छ । कोरोनाको कारणले मानिसहरूको दिमाग हल्लिएको अवस्थामा कोभिडसँग सम्बन्धित फोटोले नै वर्ल्ड प्रेस फोटो अवार्ड पाएको छ ।