काठमाडौंमा भयङ्कर आँधीहुरी: ठुलो क्षतीको अनुमान
काठमाडौं आसपासमा भयनाक आँधीहुरी चलेको छ । बिहीबार राति भयानक हुरी आएका कारण विभिन्न स्थानको विद्युत अवरुद्ध भएको बताइएको छ ।
राति ९ बजेदेखि हावाहुरी चलेकोले हावाहुरीबाट के कति क्षति भयो भन्नेबारे जानकारी प्राप्त भैसकेको छैन । तर ठुलो क्षती भएको हुनसक्ने अनुमान गरिएको छ ।
सामाजिक सञ्जालमा पनि यसबारे चर्चा भएको छ । कतिपय स्थानमा नराम्ररी प्रभाव पारेको चर्चा भैरहेको छ ।
देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भई रहेको र उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।