काममा ढिलासुस्ती गर्नेलाई ठेगान लगाउने प्रधानमन्त्रीको संकेत - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

काममा ढिलासुस्ती गर्नेलाई ठेगान लगाउने प्रधानमन्त्रीको संकेत



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अपर तामाकोशीको हाइड्रोपावर कम्पनीले काममा अस्वाभाविक ढिलासुस्ती गरेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अपर तामाकोशीको हाइड्रोपावरको काममा अस्वाभाविक र असाधारण ढंगले ढिलासुस्ती भएको बताएका हुन्।

‘अपर तामाकोशीको हाइड्रोपावरको काममा अवाभाविक र असाधारण ढिला सुस्ती भएको छ’, उनले भने, ‘धेरै अघिदेखि एउटै कुरा सुनिरहेको छु। एउटा मेसिन जडान गर्नु पर्ने रहेछ । एक वर्ष अघि सुनेको त्यही हो । आठ महिना अघि सुनेको त्यही हो। छ महिना अघि सनेको त्यही हो…। अहिले एउटा पाइप कि मेसिन जडान गर्ने पर्ने भन्ने सुनेको छु । यसले गर्दा करौंडको घाटा बेहोर्नु परेको छ।’

त्यहाँ काममा केहि मान्छेहरुको ढिलासुस्ती गरेको बताउँदै उनले ढिलासुस्तीको कारण पत्ता लगाउन थप निरीक्षण गर्नु पर्ने आवश्यक रहेको बताए ।

‘काममा ढिलासुस्ती कसैले गर्छ भने त्यसबाट हुने क्षतिको जिम्मा पनि आफैले लिनुपर्छ । चाहे देश भित्र ठेक्का कम्पनीको हकमा होस् या देश बाहिरको । हामी तीव्र रफ्तारमा देशको विकास गर्न चाहन्छौं । यसमा व्यवधान कतैबाट आएको कुरा हामीलाई स्वीकार्य हुन सक्दैन् । ढिलासुस्ती गरेमा हामी शक्तिसाथ प्रस्तुत हुने अवस्था आउन सक्छ’, प्रधानमन्त्री ओलीले भने ।