जसपासँग ओलीको सहमति, रेशम चौधरी रिहा हुँदै - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

जसपासँग ओलीको सहमति, रेशम चौधरी रिहा हुँदै



काठमाडौं– सरकार र जनता समाजवादी पार्टीबीच नयाँ सहमति भएको छ । सांसद रेशम चौधरीसहित अन्य बन्दीहरुलाई रिहा गर्ने प्रक्रिया अगाडि बढाउने सहमति भएको बताइएको छ ।

सरकारले जनता समाजवादी पार्टीका माग पूरा गर्ने समेत सहमति गरेको बताइएको छ । बिहीबार सरकार र जसपाले गठन गरेको कार्यदलबीच भएको बैठकबाट यस्तो सहमति भएको हो ।सरकारले मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता र सांसद रेशम चौधरीसहित अन्य बन्दीहरुलाई रिहा गर्ने प्रक्रिया अगाडि बढाउने सहमति भएको लक्ष्मणलाल कर्णले जानकारी दिए ।

गृहमन्त्रालयले सबै जिल्लामा रहेका आफ्ना कार्यकर्ताहरुलाई रिहा गर्न निर्देशन दिने उनले बताए । जसपा नेपालले चैत २६ गते २०८ जना नेता तथा कार्यकर्ता रिहाइका लागि गृहमन्त्रालयमा फाइल बुझाएको थियो ।

उनले सरकारलाई समर्थन गर्ने विषयमा अहिले नै निर्णय नभएको बताएका छन् । नेता कर्णले प्रधानमन्त्रीले पटकपटक सरकारलाई समर्थन गर्न आग्रह गरेपनि पार्टीभित्र छलफल नभएको बताए ।

‘प्रधानमन्त्री अ‍ोलीले आज मात्र होइन, सरकारलाई समर्थन गर्न, सरकारमा आउन सधै आग्रह गर्दै आउनु भएको छ, हामीले हाम्रो माग पुरा भएपछि मात्र त्यसको बारेमा निर्णय लिने भन्दै आएका छौं,’ उनले भने ।