४ हजार टेस्ट गर्दा ६०३ जना संक्रमित भेटिए
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ५८० जना र एन्टिजेन परीक्षणबाट २३ जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार २४ घण्टामा देशभर ४ हजार २ सय ८९ पीसीआर र ४२१ एन्टिजेन परिक्षण गरिएको थियो।
यस्तै बुधबार १२९ जना संक्रमित डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ५६ जना सक्रिय संक्रमित रहेका छन्।
गत २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २५४ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौँमा १७३, ललितपुरमा ६१ र भक्तपुरमा २० जनामा संक्रमण पुष्टि भएको हो।
हाल देशभर ८० जना कोरोना संक्रमितको आइसीयुमा र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।