पूर्वराजासँग हरिद्वार गएका योगी आदित्यनाथलाई कोरोना संक्रमण - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

पूर्वराजासँग हरिद्वार गएका योगी आदित्यनाथलाई कोरोना संक्रमण



काठमाडौं- नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहसँगै हरिद्वार कुम्भ मेलाको कार्यक्रममा सहभागी भएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना भाइरसको संक्रमण भएको छ।

५ अप्रिलमा उनले कोरोनाविरुद्धको भ्याक्सिनको पहिलो डोज लिएका थिए । भ्याक्सिन लगाएको ९ दिनमै उनलाई कोरोना संक्रमण भएको छ । हालै आदित्यनाथसँग नजिकै रहेर काम गर्ने सरकारी अधिकारीहरुलाई कोरोना देखिएपछि उनी घरमै आइसोलेसनमा बसेका थिए।

आदित्यनाथले सामाजिक सन्जाल ट्विटरमा आफूमा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।

उत्तर प्रदेशमा कोरोनाको दोस्रो लहरका कारण अवस्था झन् झन बिग्रँदो छ। यहाँ सक्रिय संक्रमितको संख्या ९५ हजार भन्दा धेरै पुगेको छ। अस्पतालमा बेड, अक्सिजन र भेन्टिलेटरको अभाव हुन थालेको छ।

पूरा राज्यमा रेमडेसिभिर इन्जेक्सनको अभाव हुन थालेको छ। मुख्यमन्त्री योगी आदित्यनाथले गुजरातको अहमदाबादबाट रेमडेसिभिर इन्जेक्सनको ५ हजार डोज मगाइएको छ। उनले अधिकारीहरुलाई तत्काल इन्जेक्सन आपूर्ति गर्न निर्देशन दिएका छन्।