११ देशमा सरकारले राजदूत नियुक्ति गर्ने सरकारको तयारी - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

११ देशमा सरकारले राजदूत नियुक्ति गर्ने सरकारको तयारी



काठमाडौँ- लामो समयदेखि राजदूत रिक्त रहेका ५ देश सहित ११ देशमा सरकारले राजदूत नियुक्ति गर्ने भएको छ ।

११ मुलुक मध्य राजदूत रिक्त रहेका ५ देश र छिटै कार्यकाल सकिँदै गरेका ६ देश छन् । सरकारले यी ११ देशमा राजदूत नियुक्तिको तयारी थालेको छ ।

जापान, म्यानमार, बहराइन, ओमान, साउदी अरेबिया, डेनमार्कका राजदूतको कार्यकाल सकिँदै छ भने अष्ट्रिया, रुस, इजिप्ट, श्रीलङ्का र दक्षिण कोरियामा राजदूत पद रिक्त छ । कार्यकाल सकिँदै गरेका मुलुकहरूमा क्रमशः प्रतिभा राणा, भीमकुमार उदास, पदम सुन्दास, शर्मिला पराजुली ढकाल, महेन्द्रसिंह राजपूत र युवनाथ लम्साल कार्यरत छन् ।

ब्राजिलका राजदूतलाई कार्यकाल सकिए पनि फिर्ता बोलाइएको छैन । राजदूत नियुक्तिमा ५० प्रतिशत परराष्ट्र सेवा र ५० प्रतिशत राजनीतिक कोटाबाट राजदूत नियुक्त गर्ने गरिएको छ ।