इसेवाले माग्यो २६५ कर्मचारी, घरबाटै काम गर्न मिल्ने - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

इसेवाले माग्यो २६५ कर्मचारी, घरबाटै काम गर्न मिल्ने



काठमाडौँ । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले २६५ जना कर्मचारीको माग गरेको छ । बजार प्रतिनिधिको रूपमा देशका विभिन्न ठाउँमा बजार प्रतिनिधि पदमा काम गर्न कम्पनीले कर्मचारीले माग गरेको हो ।

यसअन्तर्गत काठमाडौँ , पोखरा, बुटवल, चितवन, विराटनगर, नेपालगञ्ज, धनगढी, दमक, धरान, हेटौंडा, बागलुङ, लाहान, राजविराज, दाङ, सुर्खेत, विर्तामोड र वीरगञ्जमा काम गर्न कर्मचारी माग गरिएको हो ।

कम्पनिले योग्य आवेदकलाई १० दिन भित्र आफ्नो बायोडाटा (सिभी) मेल गर्नको लागि आग्रह गरेको छ।

कम्पनीले यसको पदको लागि आकर्षक पारिश्रमिक सुनिश्चित गरिएको र घरै बसेर आफ्नो अनुकुल समयमा काम गर्न सक्ने जनाएको छ । एसईई वा एसएलसी उतिर्णले यसमा आवेदन दिन सक्ने छन् ।

यो काम घरमै बसेर पनि गर्न सकिने इसेवाले जनाएको छ ।