जनताको जीवन भन्दा अर्थतन्त्र ठुलो होइन: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

जनताको जीवन भन्दा अर्थतन्त्र ठुलो होइन: प्रधानमन्त्री ओली



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख कर्तव्य नागरिकको जीवन रक्षा गरेको बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको सुख, शान्ति र समृद्धिको कामना गर्दै कोभिड–१९ को महामारीबाट सबैलाई सुरक्षित रहन आग्रह गरे ।

‘सरकारको नागरिकको जीवन रक्षा गर्नु पहिलो कर्तव्य हो, सरकारका लागि जनताको जीवन पहिलो हो,’ प्रधानमन्त्री ओली भने, ‘जनताको जीवन बचाउन सकियो भने शिक्षालयहरू चल्ने छन्, अर्थतन्त्रभन्दा पनि जीवन पहिलो हो, उद्योग कलकारखाना चल्ने छन् तर नागरिकको जीवन रहेन भने कुनै पनि कुरा चल्न सक्दैन ।’ उनले नागरिकहरू सुरक्षित रहेमा बाँकी विषय हुँदै जाने बताए ।

प्रधानमन्त्री ओलीले जीवन सुरक्षालाई प्राथमिक महत्त्वमा राखरे काम गरिरहेको र महामारीका कारण तुलनात्मक रूपमा असर परे पनि कम क्षति भएको बताए । महामारीका बीचमा पनि कृषिलाई राम्रो र व्यापार घाटाको अन्तर कम गर्न सफल भएको बताए ।

‘हिंसाको बाटोमा हिँडेकालाई शान्तिपूर्ण धारमा ल्याउने काम गरियो, अब हिंसा गर्ने कुनै समूह छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘अब जनतामा सार्वभौमसत्ता छ, जनता र जनताको मन र अभिमत छ, त्यो नै राजनीतिको निर्धारक तत्व हो, यस सन्दर्भ ठूला सफलताहरू प्राप्त गरेका छौं ।’ उनले २०७७ सालमा धेरै सभागृह निर्माण गरेको बताए ।

प्रधानमन्त्री ओलीका अनुसार गत वर्ष लुम्बिनीमा ५ हजार क्षमताको ध्यान केन्द्र, गोदावरीमा ३ हजार क्षमताको सभा हल सम्पन्न भएको छ भने अन्य थुप्रै ठाउँमा सभागृहहरू निर्माण भइरहेका छन् ।

जनप्रतिनिधित्वको युगमा आइपुग्दा पनि जनप्रतिनिधि बसेर छलफल गर्ने निर्णय गर्ने थलो संसद् भवन नभएको हुँदा गत वर्ष नै त्यो काम अगाडि बढाएका उनले जानकारी दिए । रासस