अमेरिकी राष्ट्रपति बाइडेनले दिए नेपाली नयाँवर्षको शुभकामना - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

अमेरिकी राष्ट्रपति बाइडेनले दिए नेपाली नयाँवर्षको शुभकामना



काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली नयाँवर्ष २०७८ को शुभकामना दिएका छन् । बाइडेनले दक्षिण एसियाली र दक्षिणपूर्वी एसियालीलाई विभिन्न उत्सव र चाडपर्वहरुको शुभकामना दिएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत बाइडेनले नवरात्री र विक्रम संवतको अवसरमा नेपाली समुदायलाई शुभकामना दिएका छन् । उनले प्रथम महिला जिल बाइडेन र आफ्नो तर्फबाट यो साताभर विभिन्न आप्रवासी समुदायमा मनाइने नयाँवर्षको लागि शुभेच्छा व्यक्त गरेका हुन् ।

राष्ट्रपति बाइडेनले सबैको परिवारमा समृद्धि र उज्यालोको कामना पनि गरेका छन् । अमेरिकामा रहेका नेपालीहरुले पनि बिक्रम सम्बत नयाँ बर्ष मनाइरहेका छन् भने भारतीय लगायत दक्षिण एसियाका अन्य हिन्दु समुदायले बैशाखी मनाएका छन् ।

बाइडेनले नेपाली लगायत बंगाली, कम्बोडियन, लाओ, म्यानमारिज, सिहालिज, तमिल, थाई र विसु नयाँ बर्षको समेत शुभकामना दिएका छन् ।