खगराज अधिकारीले संसदमै गरे एमसीसीको वकालत - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

खगराज अधिकारीले संसदमै गरे एमसीसीको वकालत



काठमाडौं- सांसद खगराज अधिकारीले अमेकिी सहयोग कार्यक्रम एमसीसीसम्बन्धी सम्झौतालाई संसदबाट पास गर्न संसदमै आवाज उठाएका छन् ।

उनले एमसीसीलाई संसदमा बहसको विषय बनाउन माग गरेका हुन्। उनले सोमबार प्रतिनिधि सभाको बैठकमा सो आवाज उठाएका हुन्।

‘एमसीसी कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरियो, २–४ वर्षै भयो, अहिले त्यो थन्को लगाएर तपाईंसमक्ष छ, यो एमसीसी सत्ताबाहिर हुँदा राष्ट्रिय हित अनुकुल बनाइन्छ, सत्ताको निम्ति यसलाई जुवाको खालमा राखे झैं गरिन्छ,’ उनले भने, ‘संसदमा यो विषय कति ३ वर्ष, ४ वर्ष कति वर्षसम्म अल्झाउने हो? यो तुरुन्त बहसको विषय बनाइयोस्, संसदको विजनेस बनाइयोस भन्ने जोडदार माग राख्न चाहन्छु।’

अमेरिकाले नेपाललाई एमसीसी कार्यक्रममार्फत् ५० करोड डलर सहयोग गर्ने सम्झौता संसदबाट अनुमोदन नहुँदा अघि बढ्न सकेको छैन।