देउवाको ठाडो निर्देशनमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

देउवाको ठाडो निर्देशनमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको ठाडो आदेशमा बस्ने लागेको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ। दिउसो २ बजे बस्ने भनिएको बैठक दुई घण्टा अगाडी अथगित गरिएको छ ।

बैठकमा पेश गर्ने एजेन्डाबारे पदाधिकारी र पूर्वपदाधिकारी बैठकसमेत बसेको थियो। सभापति शेरबहादुर देउवाले बैठक स्थगित गर्न ठाडो निर्देशन दिएकले बैठक स्थगित गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। बैठक केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको थियो।

नेपाली कांग्रेसको महाधिवेशन लगायत अन्य विषयमा छलफल गर्ने तयारी रहेको थियो। राजनीतिक घटनाक्रमका कारण पनि कांग्रेसको यो बैठकलाई अर्थपूर्ण मानिएको थियो ।

हालसम्म पनि देशभर सदस्यता विवाद नटुंगिएकाले बैठकले महाधिवेशनको कार्यतालिकासमेत हेरफेर गर्न कार्यसूची रहेको थियो।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै कांग्रेसले पछिल्लो समय गरेको तयारी तथा अन्य दलसँगको भेटघाटका विषयमा समेत छलफल हुने भनिएको थियो। नयाँ सरकार गठनका लागि जनता समाजवादी दलले पनि तिव्रता दिएको छ।