शोकमा परे कांग्रेस नेता पौडेल - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

शोकमा परे कांग्रेस नेता पौडेल



काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको निधन भएको छ।

चितवनको रत्ननगर बस्दै आएका माइला भाइ गोविन्दराजको निधनप्रति वरिष्ठ नेता पौडेलले गहिरो दुःख व्यक्त गरेका छन्।

आफ्नो राजनीतिक जीवनकालमा सधै सहयोगी भूमिका निर्वाह गरेका भाइ गोविन्दको निधनले एक्लो भएको महशुस भएको पौडेलले बताएका छन्।

‘गोविन्द नाताले भाइ भए पनि मेरो साथी जस्तै गरि सबै कुरामा सहयोगी थिए’, पौडेलले भनेका छन्, ‘प्रिय भाइ गोविन्द तिम्रो आत्माकाे चीर शान्तिकाे कामना गर्दै स्वर्गबासकाे कामना गर्दछु।’