नयाँ कोरोनाका लक्षण फेरिए: आँखा रातो हुने, छाला चिलाउने - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

नयाँ कोरोनाका लक्षण फेरिए: आँखा रातो हुने, छाला चिलाउने



काठमाडौं- अहिले कोरोनाको दोस्रो लहरले जनमानसमा त्रास उत्पन्न गरेको छ। कोरोनाको नयाँ भेरियन्ट र दोस्रो लहरले भारतमा भयावह अवास्था सृजना गरेको छ भने नेपालमा पनि उच्च जोखिम देखिएको छ ।

युरोप तथा छिमेकी राष्ट्र भारतमा पनि नयाँ भेरियन्टको कोरोना झनै घातक स्वरुपमा देखाइसकेको छ। कोरोनाले आफ्नो स्वरुप र लक्षण दुवै बदलेको विज्ञहरूले बताएका छन् ।

रुघाखोकी, ज्वरो, स्वाद तथा गन्ध नहुनु, सास फेर्न गाह्रो हुनु, घाँटीमा खसखस हुनु, जीउ दुख्नु आदि कोरोनाका मुख्य लक्षण थिए भने अहिले कोरोनाले आफ्नो लक्षणहरू बदलेको छ ।

औलाको रंग बदलिनु, पखाला चल्नु, छालामा दाग तथा चिलाउनु, शरीर तथा टाउको दुख्नु, आँखा रातो हुनु यसका नयाँ लक्षणका रुपमा देखिएको विज्ञको दाबी छ। कलकत्तास्थित अपोलो हस्पिटलको पल्मोनोलोजिस्ट डा. देवराज जैशका अनुसार समयका साथ कोरोनाले स्वरुप र लक्षण दुवै बदलेको छ।

कयौं देशमा कोरोनाको नयाँ स्ट्रेन देखिएको छ। जसले खतरनाक रुप लिने पनि देखिएको छ। यस्तो अवस्थामा मानिस आफैं जागरुक हुनु जरुरी छ। मानिसमा एकपटक कोरोना भएपछि अर्को पटक कोरोनाको संक्रमण हुँदैन भन्ने भ्रम छ, जुन सत्य होइन। जो एकपटक कोरोनाको शिकार भएका छन् उनीहरुलाई दोस्रो पटक पनि कोरोना हुनसक्ने देखिएको छ।

यस्तो केस भारत तथा नेपाल दुवै ठाउँमा देखिएका छन्। भारतमा पहिला कोरोना भइसकेका तथा कोरोनाको दुबै डोज भ्याक्सिन लिसकेका थुप्रै मानिसमा पुनः कोरोना संक्रमण भइसकेको छ।