पूर्वराजाको दिल्लीमा विशेष भेटघाट: पुरानो सहमतिबारे छलफल हुने - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

पूर्वराजाको दिल्लीमा विशेष भेटघाट: पुरानो सहमतिबारे छलफल हुने



काठमाडौं-हरिद्वारको महाकुम्भ मेलामा सहभागी हुन पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले दिल्लीमा विशेष भेटघाट गर्ने कार्यक्रम रहेको छ हरिद्वारबाट भएर फर्किएपछि पूर्वराजा शाहको दिल्ली बसाइ कति लामो हुन्छ भन्ने चाहिँ यकिन भएको छैन ।

हरिद्वारको कुम्भ मेलामा प्रमुख अतिथिको रुपमा सहभागी भएपछि २०७८ वैशाख १ गते नव वर्षबाट सुरु हुने पूर्वराजा ज्ञानेन्द्रको दिल्लीको यात्रा र विशेष भेटघाट स्पष्टरुपमा राजनीतिक हुने नयाँ दिल्लीस्थित कूटनीतिक क्षेत्रले उल्लेख गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहको भारत सरकारका वरिष्ठ मन्त्री तथा बीजेपीका नेताहरुसँग २०६३ साल वैशाख ११ गते भएको आफू तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहका प्रतिनिधिकाबीचमा भएको १२ बुँदे सहमतिअनुसार काम नभएको भन्ने प्रमुख गुनासो रहँदै आएको छ ।

यही एजेन्डामा केन्द्रित भएर आफ्नो कुरा राख्ने पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहको दिल्ली भ्रमणको कार्यक्रम रहेको स्रोतले बताएको साँघुले लेखेको छ ।

पूर्वराजा ज्ञानेन्द्र विक्रम शाहले हरिद्वारको धार्मिक यात्रा सम्पन्न गरेपछि सुरु हुने दिल्ली यात्राको दोस्रो चरणलाई पूर्णरुपमा राजनीतिक यात्रामा रुपान्तरण गरेर प्रधानमन्त्री नरेन्द्र मोदीपछि भारत सरकारमा दोस्रो प्रभावशाली नेता मानिएका गृहमन्त्री अमित शाह, यसैगरी रक्षामन्त्री राजनारायण सिंह र विदेशमन्त्री एस जयशंकरका साथै तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहको विशेष प्रतिनिधि भएर काठमाडौँ आएका कर्णसिंहसँग भेट गर्ने कार्यक्रम रहेको छ ।