'सिङ्गल खेलमा डबल झट्का' खाएका महेन्द्रसिंह धोनी - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

‘सिङ्गल खेलमा डबल झट्का’ खाएका महेन्द्रसिंह धोनी



एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) जारी सिजनको पहिलो खेलमै चेन्नई सुपर किंग्सका कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनीलाई जरिवाना गरिएको छ ।

शनिबार राती सम्पन्न दिल्ली क्यापिटल्ससँगको खेलमा धोनीलाई १९ लाख २० हजार रुपैयाँ जरिवाना गरिएको हो । स्लो ओभर रेटको कारण धोनीलाई १२ लाख भारु अर्थात १९ लाख २० हजार रुपैयाँ जरिवाना लगाइएको बताइएको छ ।

यससँगै धोनीले १४ औं संस्करणको आईपीएलको दुखद यात्रा सुरु गरेका छन्। यो खेलमा पनि धोनीले कुनै रन नजोडी आउट भएका थिए । पछिल्लो सिजनमा पनि कमजोर सावित भएको चेन्नईले सुरुकै खेलमा नयाँ प्रयोग गरेको थियो। जसमा उ सफल हुने सकेन।

जारी सिजनमा आईपीएलले गरेको यो पहिलो जरिवाना हो। आईपिएलमा ९० मिनेटमा २० ओभर सक्नुपर्ने नियम छ। त्यस्तै, १४ ओभर खेल्नका लागि खेलाडीले धेरैमा एक घण्टा लिन पाउनेछन्।

पहिलो खेलमा दिल्लीले चेन्नई सुपर किंग्सलाई ७ विकेटले हराएको थियो । जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य दिल्लीले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । दिल्लीका ओपनर पृथ्वी शा ७२ र शिखर धवन ८५ रनको योगदान दिएका थिए ।

धोनीले आइपिएल भारतीय समय अनुसार ७:३० बाट सुरु हुँदा सुरुमा ब्याटिङ गर्ने टोलीलाई केहि घाटा हुने बताएका छन् । धोनीले ३० देखि ४० मिनेट ढिला सुरु गर्नुपर्ने बताएका छन् ।