कांग्रेस पदाधिकारी बैठक बस्दै: के छन् एजेण्डा ? - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

कांग्रेस पदाधिकारी बैठक बस्दै: के छन् एजेण्डा ?



काठमाडौँ- सत्ता समीकरण र भोलि बस्ने केन्द्रीय समितिका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ ।

पार्टीको आगामी महाधिवेशनसँगै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने विषयमा छलफल सुरु भएकाले यसबारेमा थप छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । भदौ ७ देखि कांग्रेसको १४ औँ महाधिवेशन गर्ने मिति तोकिएको छ ।

पार्टीको महाधिवेशन र आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रस्ताव गरेकाले कांग्रेसले आन्तरिक छलफल तीव्र पारेको छ । सोही अनुसार आइतबार पदाधिकारी र सोमबार केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

नयाँ सरकार बनाउन कांग्रेसले नेतृत्व लिनुपर्ने विषयमा शुक्रबार देउवा निवास बुढानिलकण्ठमा कांग्रेस, माओवादी र जसपाका शीर्ष नेताबीच छलफल भएको थियो ।