बालुवाटारमा विदेशी गुप्तचरको उठबस ? - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

बालुवाटारमा विदेशी गुप्तचरको उठबस ?



काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले विदेशी गुप्तचरहरूले बालुवाटार कब्जा गरिसकेको आशय ब्यक्त गरेका छन् । उनले विदेशी गुप्तचर समेतका व्यक्तिहरूको मन्त्रणामा चुच्चे नक्सा हटाइएको बताएका छन् ।

सरकारले राष्ट्रियताको भावनासाथ प्रदान गरेका तक्मामा चुच्चे नक्सा गायव गरेपछि अहिले सामाजिक सञ्जालमा नक्कली राष्ट्रवाद भन्दै यसको चर्को विरोध भैरहेको छ । धेरैले चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाएका छन् । आफ्नै दलका नेताहरूले समेत प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर प्रश्न उठाएका छन् ।

यस्तैमा एमाले नेता भिम रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त जबाफ दिनुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री ओली विदेशी गुप्तचरसँग उठबस गर्न थालेपछि यस्तो भएको आरोप समेत लगाएका छन् ।

सामाजिक सञ्जालमा रावलले लेखेका छन्, ‘राष्ट्रियताको भावनाकासाथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो ? प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्छ ।’

‘यसो हुनुको कारण कतै बालुवाटारमा प्रधानमन्त्रीको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसंगको मन्त्रणा त होइन ?’ रावलले आशंका व्यक्त गरेका छन् ।

त्यतिमात्र होइन एमालेकै कतिपय नेताहरूले बालुवाटार विदेशीहरूको इसारामा नाच्न थालेको आरोप लगाउने गरेका छन् ।

शुक्रबार निजामति, जंगी, प्रहरी, न्याय, संसद, राजनीतिज्ञ, विभिन्न पेसा व्यवसायमा आबद्धलगायतलाई राष्ट्रपतिबाट विभूषण प्रदान गरिएको थियो ।

उपप्रधानमन्त्री (त्यसबेला रक्षामन्त्री पनि) ईश्वर पोखरेलको अध्यक्षतानमा गृहमन्त्री रामबहादुर थापा, प्राध्यापक मीना वैद्य मल्ल, गृहमन्त्रीका सुरक्षा विज्ञ इन्द्रजित राई, हरिहर शर्मा, र इन्जिनियर कासेन्द्रप्रसाद यादव, पूर्वउपरथी विनोदकुमार श्रेष्ठ सदस्य तथा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समिति बैठकले सिफरिस गरेबमोजिम २०७६ भदौ ३१ को मन्त्तिपरिषदबाट स्वीकृत नामावलीमा रहेकालाई शुक्रबार विभूषण बाँडिएको हो ।