एमाले एकता बचाउने शंकर पोखरेलको यस्तो 'आइडिया' - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

एमाले एकता बचाउने शंकर पोखरेलको यस्तो ‘आइडिया’



काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केपी शर्मा ओली पक्षका नेता शंकर पोखरेलले पार्टी एकता सम्भव भएको बताएका छन् । पार्टी एकता सम्भव भएको भन्दै उनले अध्यक्षको नेतृत्वमा पार्टी र देश बन्दैछ भन्ने स्वीकार गर्नुपर्ने बताएका छन् ।

‘असन्तुष्ट पक्षले यथार्थ स्वीकार गरेमा पार्टीमा एकता सम्भव छ’, उनले भनेका छन्। ओली र माधव नेपाल समूहबीच विभाजन भइसकेका बेला एमाले नेता पोखरेलले पार्टीका अध्यक्ष ओलीको कदमले पार्टी र देश बन्दै छ भन्ने कुरा स्वीकार गरेमा एकता सम्भव भएको दाबी गरेका हुन्।

पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टी एकता सम्भव छ : पार्टी अध्यक्षको नेतृत्वमा पार्टी र देश बन्दैछ भन्ने यथार्थ स्वीकार गरी मिलेर त्यसलाई थप गति दिन तयार भएमा ।’