किनेको खोप पठाउन आलटाल: भारतसँग लगातार आग्रह - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

किनेको खोप पठाउन आलटाल: भारतसँग लगातार आग्रह



काठमाडौं- नेपालले भारतीय कम्पनी सेरम इन्ष्टिच्यूटसँग खरिद गरेको १० लाख डोज कोरोना खोप छिटो उपलब्ध गराइदिन भारत सरकारसँग आग्रह गरेको छ।

शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन वार्ता गरेर सो आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारत र नेपालमा पछिल्लो समय बढेको कोरोना भाइरस संक्रमण नियन्त्रणको विषयमा पनि दुई पराराष्ट्रमन्त्रीबीच छलफल भएको मन्त्रालयले विज्ञप्ती जारी गरेर जानकारी दिएको छ।

गत फागुन ५ गते सरकार र सेरम इन्स्टिच्युटबीच प्रतिखोप चार डलरका दरले २० लाख डोज खोप खरिद गर्ने सहमति भएको थियो। बाँकी १० लाख खोप सेरमले कुनै कारणबिना तत्काल आपूर्ति गर्न नसकिने बताएको थियो।