मञ्चमै देउवा र पौडेलको तमासा: धारेहात लगाउँदै गरे झगडा - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

मञ्चमै देउवा र पौडेलको तमासा: धारेहात लगाउँदै गरे झगडा



काठमाडौं- शुक्रबार काठमाडौंमा आयोजित निजामती कर्मचारी युनियन संघको विधान अधिवेशन उद्घाटन कार्यक्रममा पुगेका कांग्रेस नेताहरू शेरबहादुर देउवा र रामचन्द्र पौडेल आफै झगडा गर्न थालेपछि तनावको स्थिति बनेको बनेको छ ।

शीर्ष नेताबीच सार्वजनिक कार्यक्रममै झगडा सुरू भएपछि कार्यक्रममा धेरैजसो सहभागीहरू खित्का छोडेर हाँसेका थिए भने कतिपय अलमल्ल परेका थिए ।

प्रधानमन्त्री केपी ओलीलाई हटाएर वैकल्पिक सरकार बनाउने बहस चलिरहेका बेला सार्वजनिक कार्यक्रमामै नेताहरूले झगडा गरेर तमासा देखाएका थिए ।

शुक्रबार काठमाडौंमा आयोजित निजामती कर्मचारी युनियन संघको विधान अधिवेशन उद्घाटन कार्यक्रममा भएको उक्त घटना हेर्न लायक थियो । नेताहरू एक अर्कालाई धारेहात लगाएर झगडा गर्दैथिए ।

नेता पौडेलले ओलीसँग मिलेको आरोप लगाएपछि देउवा उनीविरुद्ध खनिएका थिए भने पौडेलले देउवाका अगाडि उभिएर रिसले हात हल्लाउँदै कराएका थिए । पौडेल आक्रोशित भएपछि देउवासंग झगडा नै भएको थियो ।