देउवा निवास हिँडेका जसपा नेताहरू बीचबाटै गायव भएपछि... - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

देउवा निवास हिँडेका जसपा नेताहरू बीचबाटै गायव भएपछि…



काठमाडौं- तीन दलको बैठकमा हिँडेका जनता समाजवादी पार्टीका नेताहरू बीच बाटोबाटै गायव भएका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको छलफलमा सहभागी हुन तीन नबज्दै हिँडेका नेताहरू ४ बजे पनि बुढानिलकण्ठ पुगेका छैनन् ।

सरकार परिवर्तन गर्नकालागि तयारी स्वरूप देउवा निवासमा छलफलका लागि हिँडेका जनता समाजवादी (जसपा) का नेताहरु बुढानिलकण्ठ नपुगेपछि पार्टी वृतमा हल्लीखल्ली नै मच्चिएको थियो ।

स्रोतका अनुसार जसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई देउवा निवास बूढानीलकण्ठ जान हिंडेका थिए ।

जसपाका एक नेताले भने उनीहरू देउवा निवास जान हिँडेको स्वीकार्दै बिचमै छलफलमा बसेको दाबी गरेका छन् । स्रोतका अनुसार नेताहरूबीच केहि असमझदारी भएकाले बिचमै छलफल गर्न लागेका हुन् ।

माओवादी केन्द्रका नेताहरू भने समयभन्दा अगाडी नै देउवा निवासमा पुगेका छन् । नयाँ सत्ता समीकरणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपासँग छलफल गर्न लागेको हो ।