प्रधानमन्त्री ओलीलाई गगनको चुनौती: संसदमा बहस गर्न आउ - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

प्रधानमन्त्री ओलीलाई गगनको चुनौती: संसदमा बहस गर्न आउ



काठमाडौँ- नेपाली कांग्रेसका सांसद तथा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । उनले सरकारले तीन वर्षमा गरेका कामको संसदमा बहसका लागि आउन चुनौती दिएका हुन्।

संसदको बिहीबारको बैठकमा उनले सरकार बनेको तीन वर्षमा केके काम भए भन्ने बहस गर्न आफूहरु तयार रहेको बताए । उनले अघि भने, ‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु ।’

उनले सरकार बनेको तीन वर्षमा के-के काम भए भन्ने बहस गर्न आफूहरु तयार रहेको बताउँदै भने, ‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु।’

प्रधानमन्त्रीले भ्रम वा ढाँट्ने विकृत बानीका कारणले राजनीति नै धमिलो भएको बताएका थिए । उनले बाटो पुल उद्घाटन गर्दै कायापटक हुने गरी विकास भएको भन्ने गरेकाले संसदमै विकाशको बहस गर्न चुनौती दिएका थिए ।