भारतमा किन यस्तो बेहाल हुँदैछ ? - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

भारतमा किन यस्तो बेहाल हुँदैछ ?



काठमाडौं-भारतमा एकै दिनमा हालसम्मकै उच्च कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ लाख २६ हजार जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, पहिलो पटक एकै दिनमा १ लाख २६ हजार ३१५ जनामा कोरोना देखिएको हो। यो संसारमै सबैभन्दा बढी हो।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड २९ लाख २६ हजार ६१ पुगेको छ। यसमध्ये सक्रिय संक्रमितको संख्या ९ लाख १० हजार २६२ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा भारतमा ६८४ जनाले ज्यान गुमाएका छन्। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ८९२ पुगेको छ।

भारतमा सबैभन्दा बढी महाराष्ट्रमा ५९ हजार ९०७ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितहरूमध्ये ३२२ जनाको मृत्यु भएको छ।

नेपालसँग सीमा जोडिएकासहित भारतमा १० राज्यमा कोरोना संक्रमण तिव्र रहेको छ। जसमा महाराष्ट्रसँगै पञ्जाब, दिल्ली, गुजरात, कर्नाटक, तमिलनाडु, केरल, छत्तिसगढ, मध्यप्रदेश र उत्तर प्रदेश रहेका छन्।

उत्तर प्रदेशमा पनि पछिल्लो २४ घण्टामा ५ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो पछिल्लो १० महीनामा सबैभन्दा बढी हो। त्यस्तै, कोरोनाबाट ३० जनाको मृत्यु भएको छ।