माओवादीको स्थायी कमिटी बैठक एकाएक स्थगित
काठमाडौँ- नेकपा माओवादी केन्द्रले आइतबार डाकेको स्थायी कमिटि बैठक एकाएक स्थगित गरिएको छ । आज (आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित गरिएको हो
बिहान ११ बजेका लागि बैठक डाकिएको थियो । केहि नेताहरू उपत्यकामा नभएको भन्दै बैठक स्थगित गरिएको छ । माओवादीका एक नेताले भने कांग्रेस र जसपासँग थप संवाद गर्नका लागि बैठक स्थगित गरेको बताएका छन् ।
आजको बैठकमार्फत माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा थियो । तर अन्तिम समयमा बैठक स्थगित हुनलाई चासोका साथ हेरिएको छ।