प्रचण्डको निवेदन सर्वोच्चद्वारा अस्विकार
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवेदन ठाडै अस्विकार गरेको छ ।
सर्वोच्चले एमाले र माओवादी ब्युँताउने फैसला पुनरवलोकन गर्न भनि दिएको निवेदन अस्विकार गरेको हो ।
प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा, न्यायधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले उक्त फैसला गरेको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विघटन गरी एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला पुनरवलोकन माग राखी चैत १७ गते निवेदन दर्ता गराएका थिए। जसउपर आज सुनुवाइ भएको हो।