घनश्याम र सुरेन्द्र पनि पार्टीबाट निलम्बन
काठमाडौं । नेकपा एमालेका नेतद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पार्टीले साधारण सदस्य नरहने गरी कारबाही गरेको छ ।
पार्टीले सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै उनीहरूलाई कारबाही गरिएको हो । यसअघि पार्टीका वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भिम रावललाई कारबाही गरिएको थियो ।
नेता भुसाल र पाण्डेलाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरिएको छ ।
नेता नेपाल र रावलसँगै सोधिएको पहिलो स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएका थिएनन् । लगत्तै उनीहरूमाथि दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो ।
त्यसको जवाफमा उनीहरूले पार्टीमा ओलीनै दोषी भएको र कारबाहीको भागिदार भएको भन्दै उल्टै प्रश्न गरेका थिए । सोहि स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको एमालेले ठहर गरेको छ ।
अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारवाही हुन सक्ने अध्यक्ष ओलीले जनाएका छन् ।