अष्टलक्ष्मी भन्छिन्: हामी आफै लडेर सकिने भयौँ - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

अष्टलक्ष्मी भन्छिन्: हामी आफै लडेर सकिने भयौँ



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले आफ्नै-आफ्नै लडेर आफै सिद्धिने अवस्थामा पुगेको बताएकी छन् । उनले पार्टी भित्रको एकतालाई बलियो बनाउन आत्म समिक्षा गरेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताइन्।

पार्टीभित्र देखिएको निषेधको राजनीतिका कारण कम्युनिस्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको भन्दै उनले पार्टीमा अफा नयाँ तरिकाले अगाडी बढ्नुपर्ने बताइन्।

उनले भनिन् ‘तपाई हाम्रै कारणले गर्दाखेरी हामी भित्रकै कारणले गर्दाखेरी आज हामी कमजोर अवस्थामा पुगेका छौं । हामी एक अर्कामा निशेधको राजनीति गरिरहेका छों। कम्युनिष्ट पार्टीलाई एकतावद्ध र बलियो बनाएर होइन आफै आफै लडेर हामी सिद्धिने स्थितिमा पुगेका छौं। त्यसो भएको हुनाले पनि यतिबेला हामीले आत्म समिक्षा गर्ने की नगर्ने र हामीले यस्तो कुरा सच्याउने की नसच्याउने ? यदि नेकपा एमाले बलियो बनाएर अगाडी बढनु छ भने समाजवादको लक्ष्य प्राप्त गर्ने हो भने हामीले आमुल परिवर्तन गरेर देशलाई अगाडी बढाउने हो भने समृद्धि चाहने हो भने हामी सत्तामा भएको पार्टीले आफूलाई सच्याउनै पर्छ। हामी रुपान्तरित हुनै पछस्। हामीले निषेधको राजनीति गुटको राजनीति गर्न हुँदैन।’

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विगतका नराम्रा कुराहरुलाई विर्सेर अगाडी बढ्न आग्रह गरे। बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका पौडेलले विगतका सबै नराम्रा कुरालाई विर्सेर अगाडि बढ्न कमिटीका सदस्यहरुलाई आग्रह गरेका हुन।

विगतका कुरा कोट्याएर गन्तव्यमा पुग्न नसकिने पनि उनले बताए। सकारात्मक भएर अगाडी बढ्न समेत सबैलाई आग्रह गरे। उनले भने ‘अब सबै विगतलाई राम्रा कुराहरुलाई मात्रै राखौ । जे जति भए ती सबै कुरालाई विर्सौं र त्यसरी जाने हो भने हामी सहज ढङ्गमा हामी गन्तव्यमा पुग्न सक्छौं । फेरी तिनै विषयलाई उठाउने हो भने फेरिपनि समस्या आउन सक्छ ।’