ओलीविरुद्ध रणनीति बनाउन माधव नेपाल समुहको स्थायी कमिटी बैठक शुरू - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

ओलीविरुद्ध रणनीति बनाउन माधव नेपाल समुहको स्थायी कमिटी बैठक शुरू



काठमाडौं- माधवकुमार नेपाल र भिम रावललाई कारबाही गरेपछि नेकपा एमाले माधव नेपाल पक्षको स्थायी कमिटी बैठक कलंकीमा सुरू भएको छ ।

कलंकीस्थित मेघा पार्टी प्यालेसमा स्थायि कमिटी सदस्यहरू भेला भैसकेको छन् । बैठकले ओलीविरुद्ध कसरी अगाडि बढ्ने भन्ने बिषयमा छ्लफल गर्ने बताइएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नाममा गुटगत भेला गरेको र साथै पार्टी हितविपरीत कारवाही गरेको भन्दै माधव नेपाल र भीम रावललाई ६ महिनाको लागि साधारण सदस्यबाट निलम्बन गरेपछि माधव पक्षधरले बैठक बोलाएको हो ।

नेताहरूमाथिको कारबाहीपछि पछिल्लो परिस्थितिका विषयमा छलफल गर्न बोलाइएको नेपाल पक्षको बैठकले भावी रणनीतिबारे छलफल गर्ने बताइएको छ