एमालेका प्रभावशाली नेता भन्छन्: विभाजनको बाटो सुरु भयो - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

एमालेका प्रभावशाली नेता भन्छन्: विभाजनको बाटो सुरु भयो



काठमाडौं- नेकपा एमालेका नेता माधव कुमार नेपाल र भिम रावललाई कारबाही गरेपछि पार्टीका प्रभावशाली नेताहरूले नै एमाले विभाजनको रेखा कोरिएको बताएका छन् ।

माधव नेपाल पक्षका प्रभावशाली नेता ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विभाजनको बाटो कोर्न सुरु गरेको आरोप लगाएका छन्।

नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई अध्यक्ष ओलीले सोमबार ६ महिनाका लागि पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेको खबर सार्वजनिक भएपछि नेपाल पक्षका नेता गैरेले राति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन्।

कारबाहीको निर्णयले एमालेलाई एकता होइन, फुटतर्फ धकेलेको नेता गैरेले बताएका छन्। साथै उनले कारबाही होइन, संवादको बाटो रोज्न अध्यक्ष ओली पक्षलाई आग्रह गरेका छन्।

‘एकता, संघर्ष र रूपान्तरणको बाटो छोडेर विभाजनको बाटो कोर्ने अभ्यास सुरु भएको छ। नेकपा एमालेको एकता कायम राख्न २०७५ जेठ २ गतेको बिन्दुबाट पार्टी सञ्चालन हुनुपर्छ,’ नेता गैरेले लेखेका छन्, ‘कारबाहीको बाटो होइन, संवादको बाटो रोजौं।’