नेपाल र रावललाई कारबाही गरेपछि शंकर पोखरेल खुशीले गदगद
काठमाडौं- नेकपा एमालेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई कारबाही गरेपछि राजनीतिक वृत्त तरंगित बनेको छ ।
कारबाहीपछि चर्किएको द्वन्द्वले एमालेमा ठुलो संकट आउने देखाएकै बेला ओली र नेपाल दुवै पक्षका नेताबाट एकपछि अर्को प्रतिक्रिया आइरहेका छन्।
यस विषयमा अहिले सामाजिक सञ्जाल तातिएको छ भने नेताहरू आफ्ना पक्षका लागि रणनीति तय गर्दैछन् । यसै क्रममा ओली समूहका नेता शंकर पोखरेलले पार्टीको परम्परा र विधान ख्याल गर्ने हो भने उद्वेलित हुनुपर्ने अवस्था नरहेको बताएका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले सोमबार मध्यरातमा कारबाहीको निर्णय सबैको हित गर्ने दाबी गरेका छन् ।
पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विगतमा स्थापित परम्परा र पार्टीको वैधानिक व्यवस्थालाई ख्याल गर्ने हो भने उद्वेलित हुनुपर्दैन, पार्टी अनुशासनले सबैको हित गर्छ।’