घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि कारबाही गर्ने संकेत - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि कारबाही गर्ने संकेत



काठमाडौँ- पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई समेत कारबाही गर्ने संकेत देखाएका छन् ।

वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भिम रावलमाथि कारबाही गरेपछि भुसाल र पाण्डेमाथि पुनः स्पष्टिकरण मागिएको छ ।

यसअघि मागिएको स्पष्टिकरणको जवाफ नदिएपछि भुसाल र पाण्डेलाई पुनःस्पष्टिकरण मागिएको एमाले नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनका अनुसार दुवै नेतालाई अविलम्ब जवाफ पेश गर्न भनिएको छ ।

चैत्र ७ गते बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार गत सोमबार महासचिव ईश्वर पोखरेलले नेता माधवकुमार नेपाल, भीम रावल, भुसाल र पाण्डेलाई तीन दिनभित्र स्पष्टिकरण बुझाउन भन्दै पत्र लेखेका थिए । नेपाल र रावलले समयमै स्पष्टिकरण बुझाएपनि भुसाल र पाण्डेले बुझाएका थिएनन् ।

तर, नेपाल र रावलको स्पष्टिकरण पनि चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले सोमबार दुवै नेतालाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् ।