रेशम चौधरीको रिहाइका लागि सरकारले थाल्यो वार्ता - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

रेशम चौधरीको रिहाइका लागि सरकारले थाल्यो वार्ता



काठमाडौं- सरकारले रेशम चौधरी लगायतका विषयमा थारु कल्याणकारिणी सभासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। 

वार्ता टोलीको सदस्यहरूमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र नेकपा (एमाले) का केन्द्रीय सदस्य भगवती चौधरी छन्। 

टोलीले सोमबारदेखि नै वार्ता शुरु गर्ने सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिए। 

२०७२ भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा एक नाबालक र आठ प्रहरीको हत्या भएको घटनामा संलग्नताको आरोपमा रेशम चौधरी लगायत थुनामा छन्। 

सत्ता गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना सांसद चौधरीको रिहाइलाई शर्त बनाएपछि सरकारले यो विषयमा छलफल गर्न टोली गठन गरेको हो।