बागलुङमा दुई जनाको शव भेटियो
बागलुङ- बागलुङमा दुई जनाको शव फेला परेको छ। जिल्लाको बडीगाड गाउँपालिका-१० बल्देधुरीमा शव फेला परेको हो ।
निसिखोला गाउँपालिका-७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको शव भेटिएको हो।
होली खेल्ने क्रममा झडप हुँदा उनीहरूले ज्यान गुमाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
उनीहरूको शव सडकभन्दा ५ सय मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
घटनास्थलमा प्रहरी पुगिसकेको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।