योगेश भट्टराईको एक तिर दुई निसाना
काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले शनिबार राती एउटा ट्वीट गरे । जुन ट्वीटमा उनले आफूभन्दा जान्ने वा सिनियरसँग वादविवाद गर्दा अमत्र फाइदा हुने बताएका छन् ।
नेकपा एमालेमा चर्किएको द्वन्द र ओली पक्षसँग छलफल भैरहेका बेला भट्टराईले गरेको यो ट्वीटले दोहोरो अर्थ लागेको छ । उनको लेखाईलाई देरैले ओलीपक्षसँग गरेको संवादसँग जोडेका छन् ।
उनले आफू समान वा सिनियरसँग बादबिबाद गर्दा सिक्ने मौका मिल्ने भन्दै कटाक्ष गरेका छन् ।
भट्टराईले भनेका छन्- बादविबाद पनि आफू समान वा आफूभन्दा सिनियर र जान्ने सुन्नेसँग गरियो भने फाईदा हुन्छ । किनकी आफुले केही सिक्के मौका पाईन्छ । बेकारकासँग त समयको बर्बाद र दिमाग खराब मात्रा हो ।
ध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताबीच जुहारी चलिरहेका बेला नेपालपक्षीय नेता योगेश भट्टराईले गरेको यो ट्वीट अर्को पक्षप्रति हुन सक्ने आकलन गरिएको छ ।
कतिपयले भने उनले आफ्नो सामाजिक सञ्जालमा तथानाम बोल्ने र लेख्नेहरूप्रति लक्षित भएको बताएका छन् । जे होस् उनको ट्वीटले एक तिर दुई निशाना भने लगाएको छ।