रहेनन् कांग्रेस नेता नवीन्द्रराज जोशी
काठमाडौँ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।
नर्भिक इन्टरनेसनल अस्पताल थापाथलीमा उपचाररत जोशीको केहीबेर अघि निधन भएको अस्पतालले जनाएको छ ।
मष्तिष्कघातपछि उनलाई आइसियूमा राखी उपचार गरिँदै आएको थियो ।