दिउसै अँध्यारो काठमाडौं - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

दिउसै अँध्यारो काठमाडौं



काठमाडौं- अहिले काठमाडौंको आकाशमा बाक्लो हुस्सु र धुँवा लागेको छ। उक्त हुस्सु र धुँवाले त्रिभुवन विमानस्थलमा उडानलाई पनि प्रभावित पारेको छ।

देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै आज नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलो र आगलागीको धुवाँले मौसम बिग्रिएको विभागले जानकारी दिएकाे छ।

उनका अनुसार अझै तीन दिनसम्म पानी पर्ने छैन। मौसम सफा हुन डढेलो कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न पनि सकिने अवस्था छैन।

नेपालका ५४ वटा जिल्लामा डढेलाे र आगलागीको लागेकाे छ। मकवानपुर, चितवन, पर्सालगायत जिल्लामा डढेलो लागेको बताइएको छ।