झलनाथ खनालसहितका नेताहरू बालुवाटारमा - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

झलनाथ खनालसहितका नेताहरू बालुवाटारमा



काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरू सहभागी भएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकका लागि खनाल र सुरेन्द्र पाण्डे बालुवाटार पुगेका छन्।

यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष ओलीले बोलाएको बैठकमा सहभागी हुने गरेका थिएनन्।

शुक्रबार बिहान बसेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले संसदीय दलको बैठकमा सहभागी भएर पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउन ओलीसँग माग गर्ने निर्णय गरेको थियो।

अहिलेसम्म नेपाल र भीम रावल भने बैठकमा पुगिनसकेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए।