योगेश भट्टराईले गरे एमाले विभाजनको संकेत - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

योगेश भट्टराईले गरे एमाले विभाजनको संकेत



काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता कायम राख्न सबैलाई अपील गरेका छन् । पार्टी फुटनजिक पुगेको संकेत गर्दै भट्टराईले एमाले जोगाउन सबैलाईले हरसम्भव कोशिस गर्न आग्रह गरेका हुन् ।

नेता भट्टराईले थोरै मात्रै लचकता भए एकता जोगिने बताउँदा एमाले विभाजन नजिक पुगेको धरैले अर्थ्याएका छन् । खासगरी दुवै समूह एक अर्काप्रति क्रुद्ध बन्दै जाँदा एक हुने सम्भावना सकिएको समेत चर्चा भैरहेको बेला भट्टराईको यो आग्रहलाई अर्थपूर्ण मान्न सकिन्छ ।

वरिष्ठ नेता माधव नेपालसहित चार जनाले पार्टीले सोधेका स्पष्टीकरणमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रति स्पष्टीकरण मागेपछि भट्टराई यस्तो आग्रह गरेका हुन् ।

ट्वीटरमा लेख्दै भट्टराईले अलिकति मात्रै लचकताले पार्टी जोगिने बताउँदै लेखेका छन्, ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसम्भव कोशिस गरौ । थोरै पनि लचकताबाट यो संभव छ । बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौँ पछि धकेल्ने छ । अतिवाद र अस्थिरताले के सम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ ।’

सर्वोच्चले २३ फागनुमा नेकपा खारेज गरी साविकको एमालेमा र माओवादी ब्युत्याएपछि एमालेमा अध्यक्ष र ओली र वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समूहबीच विवाद उत्कर्षमा पुगेको छ ।

ओलीले एमाले ब्युतिँदा पनि एकलौटी निर्णय लिएपछि खनाल – नेपाल पक्षले पार्टीभित्र समानान्तर गतिविधि अगाडि बढाएको छ । खनाल – नेपाल पक्षले केन्द्रीय नेतृत्व बाहेक पार्टी तथा भ्रातृ संगठनमा समानान्तर कमिटी निर्माण गरेको छ ।