नेपालमै रासायनिक मलको कारखाना खोल्ने प्रधानमन्त्रीको घोषणा - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

नेपालमै रासायनिक मलको कारखाना खोल्ने प्रधानमन्त्रीको घोषणा



प्रधानमन्त्री केपी ओलीले नेपालमै रासायनिक मल कारखाना खोल्ने घोषणा गरेका छन् । उनले महङ्गो नै हुने भएपनि नेपालमै मल कारखाना खोल्ने घोषणा गरेका हुन् ।

बिहीबार पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा मल कारखाना पनि खोल्ने बताएका हुन् ।

विद्युतबाट सञ्चालन हुने मल कारखाना खोल्ने सम्बन्धमा छलफल भइरहेको उनले बताए । कृषि मन्त्रालयले मल उत्पादनका लागि किसानलाई तालिम दिन जरुरी रहेको ओलीले बताए ।

उलने भने, ‘नेपालमै मल कारखाना खोल्ने र एउटा सबभन्दा हामीलाई सजिलो हुने कुरा विद्युतबाट मल कारखाना, यस सम्बन्धमा छलफल भइरहेको छ । महँगो पर्छ भने पनि केही छैन, एउटा प्रोजेक्ट नै डेडिकेटेड गरिदिन सक्छौँ मल कारखानाका लागि । प्रोजेक्ट नै डेडिकेटेड गरिदिएपछि त्यसमा नाफा, नोक्सान भन्ने कुरा भएन, त्यो प्रोजेक्ट सञ्चालन गरेर मल कारखानाका लागि खपत गर्ने हो । कृषि मन्त्रालयले मल उत्पादनतर्फ पनि किसानहलाई तालिम दिन जरुरी छ ।’

पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा हुँदा देशलाई अगाडि बढाउन सफल भएको जिकिर पनि ओलीको छ । हरेक दिन नयाँ उपलब्धि हासिल गर्दै नयाँ उचाइ लिएर अगाडि बढिरहेको पनि ओलीले बताए ।