ओलीले डाकेको दलको बैठकमा नेपाल-खनाल पनि जाने - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

ओलीले डाकेको दलको बैठकमा नेपाल-खनाल पनि जाने



काठमाडौं- शुक्रबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष पनि सहभागी हुने भएका छन् ।

ओलीले बोलाएका बैठक निरन्तर रुपमा बहिष्कार गर्दै आएको नेपाल–खनाल पक्ष शुक्रबारको संसदीय दलको बैठकमा सहभागी हुने भएको हो ।

पछिल्लो पटक गत शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठक बसेको थियो। उक्त बैठकले संसदीय दलको संशोधन विधान पारित गरेको थियो।

नेपाल-खनाल समूहले भने पहिले विधान केन्द्रीय कमिटीबाट पारित हुनुपर्ने बताउँदै आएका थिए।फागुन २८ गते प्रधानमन्त्री ओलीले आफू पक्षका केन्द्रीय सदस्यहरुलाई मात्रै बोलाएर विधान परिवर्तन र केन्द्रीय कमिटीको विस्तार गरेपछि नेपाल पक्षले बैठकहरु बहिष्कार गर्न थालेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकका तीन एजेन्डा तय भएका छन्।