भागवत् गीतालाई पाठ्यक्रममा राख्न माग - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

भागवत् गीतालाई पाठ्यक्रममा राख्न माग



एजेन्सी- भारतीय कलाकार मौनी रोयले सबै स्कुलले भागवत् गीतालाई पाठ्यक्रम राखिनुपर्ने बताएकी छन्। उनले आफूले भागवत् गीतालाई जीवन जिउने कलाका रूपमा लिएको भन्दै यसलाई पाठ्यक्रममा समेट्न माग गरेकी हुन्

‘यो कुनै धर्म होइन, जीवन जिउने कला हो,’ मौनी रोयले भनिन् । त्यतिमात्रै होइन रोयले आफूले भिडियो र कार्यक्रमहरूमा कम समय दिन थालेको बताउँदै हरेकले भागवत् गीताको अध्ययन गर्नुपर्ने बताएकी छन् ।

म्युजिक भिडियो ‘पतली कमरिया’को प्रवद्र्धनमा जुटेकी उनले आफू पछिल्लो डेढ वर्षदेखि भागवत् गीता अध्ययन गरिरहेको बताइन्।

‘‘म आफ्नै म्युजिक भिडियो कम हेर्छ, तर गीता पढ्छु,’’ उनले भनिन्। मानिसका दिमाग उठ्ने हरेक प्रश्नको जवाफ गीतामा पाइने उनको भनाइ छ।