कांग्रेसले अविश्वासको प्रस्ताव पनि लाँदैन र सरकारमा पनि जाँदैन: देउवा - Himal Post Himal Post
  • १० फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 22 2026
Logo

कांग्रेसले अविश्वासको प्रस्ताव पनि लाँदैन र सरकारमा पनि जाँदैन: देउवा



विराटनगर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा पनि नजाने र सरकार विरुद्ध अविश्वासको प्रस्ताव पनि नलैजाने बताएका छन्।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले कांग्रेस प्रतिपक्षमै बस्ने सरकारमा नजाने बताएका हुन्।

देउवाले कांग्रेस सरकार गिराउने र बनाउने खेलमा पनि नलाग्ने धारणा राखे। उनले कांग्रेसले सरकारविरुद्ध अविश्वासको प्रस्ताव नलैजाने स्पष्ट पारे।

‘कांग्रेसले सरकारविरुद्ध अविश्वासको प्रस्ताव लाँदैन’ देउवाले भने‘अरु कुनै पार्टीले लैजान्छ भने हामीलाई थाहा छैन।’ देउवाले कांग्रेसलाई सरकारमा जाने हतार नभएकाले विपक्षीकै धर्म निर्वाह गर्ने बताए। ‘कांग्रेस विपक्षी हो’ उनले भने‘ विपक्षमै बस्छ।’

देउवा धरानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन विराटनगर विमानस्थल हुँदै आएका हुन्।