माओवादीले बोलायो बैठक: यस्ता चाहन मुख्य एजेण्डा - Himal Post Himal Post
  • १२ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 24 2026
Logo

माओवादीले बोलायो बैठक: यस्ता चाहन मुख्य एजेण्डा



काठमाडौँ- नेकपा माओवादी केन्द्रले मंगलबार आफ्नो पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ।

बैठकमा पार्टीबाट अलग भएका नेताहरुलाई कारवाही, सरकारलाई दिइरहेको समर्थन फिर्ता लगायत विषय मुख्य एजेण्डा भएको बताइएको छ ।

बैठक बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

माओवादी केन्द्रको बैठकले यसअघि नै स्थायी कमिटीलाई सरकारको समर्थन फिर्ता लिने, नेताहरुलाई कारवाही गर्नेलगायत अधिकार दिइसकेको छ।

माओवादी सरकारको समर्थन फिर्ता लिने विषयमा जसपाको निर्णयको प्रतिपक्षमा थियो। तर अब जसपालाई प्रतिक्षा नगर्ने निष्कर्षमा माओवादी पुगेको बुझिएको छ।

माओवादी स्थायी कमिटीका एक सदस्यले सम्भवतः मंगलबार सरकारलाई दिइरहेको समर्थन फिर्ता लिने निर्णय गर्ने बताए।