ओलीले रोके अष्टलक्ष्मी र रामकुमारीलाई कारबाही ठोक्ने निर्णय - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

ओलीले रोके अष्टलक्ष्मी र रामकुमारीलाई कारबाही ठोक्ने निर्णय



काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कमिटि बैठकले पार्टीमा समानान्तर कमिटि बनाउने केहि नेताहरूलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आज बसेको बैठकले केही नेतालाई स्पष्टीकरण सोध्ने, अध्यक्षलाई थप शक्तिशाली बनाउने लगायतका ९ वटा एजेण्डामा बहस गरेको बताइएको । बैठकमा भएको एउटा निर्णय भने अध्यक्ष ओलीले रोकेका छन् ।

पछिल्लो समय चर्चामा रहेकी एमाले नेतृ रामकुमारी झाँक्रीपनि कारबाहीको सूचीमा राखेर नाम सार्वजनिक गरिएको थियो भने अहिले भने उनको नाम काटिएको छ । त्यतिमात्र होइन कमिटीले पार्टी नेतृ अष्टलक्ष्मी शाक्यलाई समेत कारबाही गर्नुपर्ने आवाज उठाएको थियो ।

माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल तथा रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय नै भएको थियो। तर ओलीले झाँक्रीलाई स्पष्टीकरण नै सोध्नुपर्ने गरी उनी दलमा त्यो स्थानमा नपुगेको भन्दै सदस्यहरुलाई सम्झाएको बुझिएको छ । अष्टलक्ष्मी शाक्यलाई पनि स्पष्टीकरण सोध्नुपर्ने सदस्यहरुको दबाब थियो। तर ओलीले त्यहाँ पनि सदस्यहरुलाई मनाएका थिए।

गराएपछि उनलाई स्पष्टीकरण सोध्ने प्रारम्भिक निर्णय परिवर्तन गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए। स्पष्टीकरण सोध्ने निर्णय गरिका चार जना नेताहरु एमालेका पदाधिकारी हुन्। झाँक्री भने केन्द्रीय सदस्य हुन्।