ओली झनै शक्तिशाली
काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा झनै शक्तिशाली बनेका छन् । शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले थप अधिकार थपेपछि उनी झनै शक्तिशाली बनेका हुन् ।
बालुवाटारमा डाकिएको केन्द्रीय समिति बैठकले उनलाई थप अधिकार प्रत्यायोजन गरेको छ । अधिकार प्रत्यायोजन पश्चात ओली ओलीले पार्टीमा अझै धेरै एकल निर्णय र कारबाही गर्न सक्नेछन ।
बैठकले नेकपा अध्यक्षका रुपमा ओलीलाई थप नयाँ कामहरु गर्न सहज पनि बनाएको छ । संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरुको बन्दसूचीमा रहेका नाम हटाउने, राख्ने वा हेरफेर गर्ने अधिकार अब केपी शर्मा ओलीलाई दिइएको छ ।
पार्टीमा केन्द्रीय कमिटी तथा अन्य कमिटीहरुमा सदस्यहरुको मनोनयन तथा कारवाही गर्ने अधिकार पनि अब एमालले अध्यक्ष ओलीलाई नै दिएको छ ।
अदालत, निर्वाचन आयोग तथा अन्य आधिकारिक निकायमा पनि पार्टीका काम सबै अध्यक्षले नै गर्ने अख्तियारी आजको बैठकले ओलीलाई दिएको छ ।
पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समानान्तर कमिटी बनाएपछि ओली कमजोर हुँदै गएको अनुमान गरिएको थियो । तर, आजको बैठकले ओलीलाई थप बलियो बनाएको हो ।